विश्व

युरोपेली देशहरुमा तीव्र गतिमा फैलिँदै नयाँ लक्षणसहितको कोरोना संक्रमण

पुस ११, २०७७

    एजेन्सी : नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ। युरोपेली संघअन्तर्गत आठ वटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन  जनाएको छ।

    डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए। उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए।
       
    कोरोनाको पुरानो भाइरसभन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवालाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिए। नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन्।

    उनले  सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायत उपायलाई कडाइका साथ अवलम्बन गर्न पनि आह्वान गरे। 'डब्लुएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,' निर्देशक क्लुगले ट्विटरमा लेखेका छन्।

    यसको गुण, लक्षण, असरलगायतबारे अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रस्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाइ छ। नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो। यो नै पहिलो पटक पुष्टि भएको हो। त्यसपछि बेलायतबाट अन्य देशमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ। तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ।

    विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो। महामारी अहिले पनि जारी छ। हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरी सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ। 

    सबैभन्दा धेरै प्रभावित अमेरिका छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल भएको विश्वविद्यालयले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]