काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
काठमाडाैं : ग्रील तथा स्टिल व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन्।
व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन्।
जसका कारण व्यवसाय नै धाराशायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रील जन्य फलाम र निर्माण सामग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ। केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए।
ग्रीलजन्य फलामाको मूल्य अस्वाभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए। यसबाट देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए।
यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए। बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए।
व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतभन्दा धेरैले बढेको बताएका छन्। नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रीलजन्य सामग्री उत्पादन गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।