राजनीति

प्रधानमन्त्रीको गृहजिल्लामा जसपाका कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

पुस ११, २०७७

    भद्रपुर : प्रधानमन्त्रीको गृहनगर दमकमा जनता समाजवादी पार्टीले निकालिएको राँके जुलुस क्रममा सुरक्षाकर्मीसँग झडप भएको छ। 

    झडपमा जनता समाजवादी पार्टीका दुई कार्यकर्तासहित चार जना घाइते भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले दमकमा शनिबार बेलुका राँके जुलुस प्रदर्शन गरेका थिए।

    सुरक्षाकर्मीले राँके प्रदर्शन रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो। झडपमा परी झापा जिल्ला अध्यक्ष दिपेनवाला राई र  युवा संगठनका तोया न्यौपाने घाइते भएका छन्।

    राईको हात र न्यौपानेको निधारमा चोट लागेको बताइएको छ।


    त्यस्तै प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्। पार्टी कार्यालयबाट निकालिएको राँके जुलुसलाई सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा १० मिनेट दुवै पक्षबीच घम्साघम्सी भएको पार्टीका जिल्ला अध्यक्ष राईले बताए। 

    यता राँके जुलुस प्रदर्शनपछि दमक चोकमा आयोजित कोणसभामा बोल्दै जसपाका नेताहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जिकिर गरेका छन्।

    अहिलेको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद् विघटनको अधिकार नदिएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना गरिनुपर्ने उनीहरूले बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]