राजनीति

प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, अविश्वासको प्रस्ताव दर्ता गर्दै

पुस १२, २०७७

    काठमाडौं :  प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन्। नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका हुन्। 

    सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको राज्यमन्त्री विश्वासले थाहाखबरलाई जानकारी दिए। उनले भने 'हामी तीनजनाको राजीनामा बुझाएका छौं १० बजे अविश्वासको प्रस्ताव दर्ता गर्छौं। 

    प्रधानमन्त्री ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए तर उनले त्यसलाई अस्विकार गरे दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन्।

    प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आज मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिबार साँझ प्रचण्ड–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए।

    केन्द्रमा पार्टी विभाजन भएपछि यसको असर प्रदेशमा देखिएको हो। मुख्यमन्त्री राई प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहका हुन्। राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गर्दै स्थायी समिति सदस्यसमेत रहेका सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने तयारी प्रचण्ड नेपाल समूहले गरेको छ। 

    मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभाका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरिरहेको हिजो बर्खातीमा परेका मन्त्री इन्द्र आङ्बोले जानकारी दिए। 

    ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा पुर्व एमालेतर्फका ५१ जना सांसद छन् भने पुर्वमाओवादीतर्फका १६ जना छन्। काङ्ग्रेसको २१ र साना दलका पाँच सांसद छन्। पार्टी विभाजनपछि ६७ मध्ये ओली पक्षमा २० सांसद खुलेका छन्। 

    प्रचण्ड–नेपाल पक्षले आफूहरूसँग ४७ सांसद रहेको दाबी गरेका छन्। पार्टीको केन्द्रमा देखिएको विभाजनका कारण बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ भने अन्य प्रदेशमा पनि विवाद उत्कर्षमा पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]