बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
गुल्मी : गुल्मीमा ६५ हजार २६१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
जिल्लाका १२ वटा स्थानीय तहहरूमध्ये धुर्कोट गाउँपालिकामा १० हजार ७७०,मदानेमा ९ हजार ७८० ,गुल्मी दरबारमा ११ हजार ९०५ र छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए।
मुसिकोट नगरपालिका ,रुरुक्षेत्र र मालिका गाउँपालिकामा विवरण दर्ताको संकलन कार्य भइरहेको छ। शुक्रबार सम्मको विवरण अनुसार जिल्लामा ६५ हजार २६१ जनाले विवरण दर्ता गराएका हुन। हाल मुसिकोट नगरपालिकामा १२ जनाले विवरण दर्ता संकलन गरिरहेको र रुरुक्षेत्र र मालिका गाउँपालिकामा २४/२४ जनाले काम गरिरहेको पन्थीले जानकारी दिए।
जिल्लाका सबै स्थानीय तहहरूमा गई विवरण संकलन गरी दर्ता गरिने जिल्ला प्रशासनले जनाएको छ। राष्ट्रिय परिचय पत्रले नागरिकका सेवा ,सुविधासँगै परिचय र अपराध नियन्त्रण गर्न पनि महत्वपुर्ण मानिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।