समाज

इलाका प्रशासन प्रमुख प्रहरी  नियन्त्रणमा

पुस १२, २०७७

    झापा :  नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो।     

    ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ’, प्रहरी प्रवक्ता राकेश थापाले भने, ‘खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ। उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौं।’

    उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]