समाज

देशका ठूला शहरमा जाजरकोटको मकै

पुस १२, २०७७

    जाजरकोट : बर्सेनि खाद्यान्न आर्यात गर्ने जजारकोटबाट अहिले निर्यात हुन थालेको छ। यातायातको सहज पहुँच भएसँगै त्यहा उत्पादित खाद्यान्न जिल्लाबाहिर निर्यात हुन थालेको हो।

    भेरी नगरपालिकाबाट मात्र वार्षिक रुपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला सहरमा निर्यात भइरहेको नगरपालिका कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। गाउँबाट प्रतिपाथी १०० रुपैयाँमा मकै बिक्री भइरहेको उनले बताए।

    चार वर्षदेखि मकैको बिउ उत्पादन गरी किसानलाई आत्मनिर्भर बनाउन लागेको कृषि शाखाले छोटो समयमै तीव्र काम गर्दा जिल्लाबाहिर मकै निर्यात गर्न थालेको हो। भेरी नगरपालिका–७ रुपाकोट, चौरटोलमा १० हेक्टर जमिनमा मकैको बिउ उत्पादन हुँदै आएको छ। बिउलाई किराबाट जोगाउन मकै उत्पादन भण्डार केन्द्र स्थापना गरिएको छ। नगरपालिका भित्र बाहिरबाट बिउ ल्याएर मकै लगाउनु पर्ने अवस्था अन्त्य भएको किसानहरु बताउँछन्।

    रुपाकोटमा लेभलिङ, प्याकेजिङ र ग्रेडिङको काम सुरु भएको प्रमुख अधिकारीले बताए। त्यस्तै, नलगाड नगरपालिका–५ रघुनाथलाई मकैको पकेट क्षेत्र घोषणा गरिएको छ। यो वर्ष नयाँ ठाउँमा पनि विस्तार गर्ने योजना रहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताए। नलगाडबाट मात्र बर्सेनि ७०० क्विन्टलभन्दा बढी मकै जिल्लाबाहिर निर्यात हुँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]