राजनीति

नेकपाका दुई समूहबीच झडप भएपछि कञ्‍चनपुरमा प्रहरी परिचालन

पुस १२, २०७७

    कञ्चनपुर : विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विभाजित कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ। 

    नेकपाको प्रचण्ड-नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएका थिए। लगत्तै, दुवै पक्षबीच झडपको अवस्था आएको हो।

    प्रचण्ड-नेपाल समूहले ताला खोलेपछि दुवै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो। अहिले पनि दुवै समूहका कार्यकर्ता पार्टी कार्यालय मदन-आश्रित सदनमा रहेका छन्। पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन्।

    प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]