काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
प्रचण्ड–माधव समूहको बहुमत रहेको दाबी
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाको पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले ताला लगाएको छ। प्रधानमन्त्री ओली समूहका युवाहरुले आइतबार बिहानै पार्टी कार्यालय ताला लगाएका हुन्।
पार्टी कार्यालयमा ताला लगाएपछि झडप हुन सक्ने आशंकामा अहिले पार्टी कार्यालय आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त क्षेत्रको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ।
कार्यालयमा तालाबन्दी गरेपछि ओली समूहका केही युवाहरु पार्टी कार्यालयकै आसपासमा बसेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कोही पनि नेता कार्यकर्ता पार्टी कार्यालय आसपास गएका छैनन्।
पार्टी कार्यलयमा तालाबन्दी गरेको सूचना पाएपछि अहिले पार्टी कार्यालयमा आफू पुगेको नेकपाका नेता नेत्र प्रसाद भट्टराईले जानकारी दिए।
‘शुक्रबार पार्टी कार्यालय बन्द गरेर गएको थिए। आईतबार पार्टी कार्यालय खुल्नु अगावै केही युवाहरुले कार्यालयको गेट र सटरमा थप ताला लगाएको रहेछन्’, उनले भने।
नेकपाको केन्द्रको विवाद हुदा संसद विघटन भएपश्चात् त्यसको असर ओखलढुंगामा पनि देखिएको छ। नेकपा ओखलढुंगाको १ सय ३५ जनाको जिल्ला कमिटीको टिममा प्रचण्ड नेपाल समूहमा १ सय १० जना रहेको दाबी गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।