राजनीति

गणतन्त्रविरोधी ओलीलाई प्रधानमन्त्री बनाएर गल्ती गरियो : बाबुराम भट्टराई

कुर्सीका लागि प्रतिगमन भइरहेको राजेन्द्र महतो भनाइ

पुस १२, २०७७

    काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्ठराईले प्रधानमन्त्रीले संसद विघटन गरेर इतिहासकै गल्ती दोहोर्‍याएको टिप्पणी गरेका छन्।

    संसद विघटनविरुद्ध जसपाले काठमाडौंमा गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर इतिहासको गल्ती दोहोर्‍याएको भन्दै ओली निरन्तर रुपमा प्रतिगमनमा लागेको आरोप लगाए। ‘उनी गणतन्त्रका विरोधी थिए, संघीयताको सधैं विरोधी थिए, यस्तो मान्छेलाई हामिले प्रधानमन्त्री बनाएर इतिहासको गल्ती दोहोर‍्‌यायाै। भट्टराईले भने।

    उनले संसद विघटन कसैको लहडमा हुन नसकोस् भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा पुनःसमानुपातिक संसद गरौंभन्दा नमानेपछि त्यही संसदमा सुधार गरौं भनेर धारा ७६ राखेको स्मरण गराए। धारा ७६ मा सरकार बनाउने र संसद विशिष्ठ अवस्थामा बाहेक विघटन गर्ने कुनै प्रावधान नरहेको पनि उनले उल्लेख गरे।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रक्रियामै नगएर संसदको आफ्नो बहुमत छँदाछँदै प्रधानमन्त्रीले विघटन गरिदिएको बताए। ‘यो असंवैधानिक छ, इतिहास यहाँ दोहोरियो, संविधानमा शासकीय प्रणाली ठिक ढंगले नबनाई एउटा गल्ती गरेका थियौं, दोस्रो केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्को गल्ती गर्यौं’ भट्ठराईले थपे।

     

    कोणसभामा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा अहिले कुर्सीका लागि प्रतिगमन भइरहेको भन्दै विरोध गरे। वरिष्ठ नेता महतोले नेपाली जनताले कतिपटक सम्म प्रतिगमन भोग्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरे। ‘यो पहिलोचोटी प्रतिगमन गरेको होईन, पहिले राजा महाराजाहरुले प्रतिगमन गर्थे, अहिले नयाँ—नयाँ राजा महाराजाहरुले प्रतिगमन गरिरहेका छन्’, महतोले  भने।

    संविधान बनाउँदा नै प्रतिगमन गरेको भन्दै नेता महतोले अहिले कुर्सीको लागि प्रतिगमन भइरहेको बताए। ‘अहिले एउटा प्रतिगमनकारी कुर्सी नपाएर अर्को प्रतिगमनकारीलाई हटाउन फेरि प्रतिगमननै गरिरहेको छ’, उनले भने। नेता महतोले अब प्रतिगमनका कार्य बन्द गर्न चेतावनीसमेत दिएका छन्।

    सबै नेपालीको देशमा अधिकार, पहिचान र समान प्रतिनिधित्व हुनेगरी संविधान बनाउनुपर्ने उनको माग छ। ‘त्यही अनुसारको शासन व्यवस्था गरौं, प्रतिगमन नगर, नत्र अढाई सय वर्षको राजशाही कसरी जनताले फालिदियो, त्यसैगरी अहिले पनि होस पुर्याउँ,' उनले चेतावनी दिए, 'जनताको अधिकारी मिचेर, संविधानमाथि आक्रमण गर्न पाइँदैन।’

    जसपाका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर जनद्रोही काम गरेको आरोप लगाए। जनता समाजवादी पार्टी नेपाल जसपाले संसद विघटनविरुद्ध काठमाडौंमा आज विरोधप्रदर्शन गरेको हो।

    आज मध्याह्न रत्नपार्कबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क शान्तिबाटिकामै फर्किएर कोणसभामा परिणत भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]