राजनीति

‘त्यो शीतल निवासमा मदन भण्डारीको आत्माले के भन्दो होला?’

पुस १२, २०७७

    धनगढी : नेकपा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रिपति कार्यालयमा ६-६ घण्टा कुर्नु परेको भन्दै आक्रोश पोखेका छन् ।

    आइतबार धनगढी रंगशालामा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले भने–‘शीतल निवासमा बस्ने राष्ट्रपतिले ८३ जना सासंदको हस्ताक्षर लिएर समावेदन दर्ता गर्न जाँदा ६ घण्टा कुर्न पर्यो, कुनै सुनुवाइ भएन।’

    ‘यदि कहीँ मदन भण्डारीको आत्मा भए शीतल निवासमा के भन्दो होला?’ उनले आक्रोश पोख्दै प्रश्न गरे। राष्ट्रपतिले पदको दुरुपयोग गरेको नेता रावलले आरोप लगाए। 

    यस्तै, थप प्रसंगमा बोल्दै नेता रावलले नयाँ नियुक्त भएका मन्त्रीहरूलाई गुलियो चाट्न मात्रै गएको संज्ञा दिए। ‘हामीले जहिले पनि पार्टी एकताका लागि काम गर्‍यौँ तर प्रधानमन्त्री केपी शर्मा ओलीले शिर झुकाउने काम मात्रै गरे उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन र संविधानको उपहास गरेर निरंकुश शैलीमा नयाँ मन्त्री नियुक्त गरेका छन्।’ लामो समयसम्म ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यमदेश रोक्यौँ, अन्त्यमा चोइटिएर गए।

    ओलीले गुटगत रुपमा पार्टीमा सडकबाट टपक्क टिपेर केन्द्रीय सदस्यहरु बनाएको उनले बताए। यो काम चलाउ सरकार भएकाले नयाँ मन्त्रीहरु नियुक्त गर्ने अधिकार ओलीलाई नभएको रावलले  बताए।

    उनले पूर्वमाओवादी र एमालेबीच भएको पार्टी एकतामा ओलीले अहिले आएर गम्भीर घात गरेको समेत आरोप लगाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]