समाज

संकटमा डडेल्धुराका मसला उद्योग

पुस १३, २०७७

    डडेल्धुरा : डडेल्धुरामा सञ्चालित साना तथा मझौला मसला उद्योग संकटमा पारेका छन्। विभिन्न संघ संस्थाको अनुदानमा स्थापना भएका उद्योगहरु बजार अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। सरकारको अव्यवहारिक नीतिको कारण उद्योग संकटमा परेको व्यवसायीको आरोप छ।

    स्थानीय कच्चा पदार्थको मूल्य बढी तथा बाहिरबाट आउने कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर पनि समस्या भइरहेको छ। अमरगढी नगरपालिका–८ मा १२ वर्षदेखि मसला उद्योग सञ्चालन गर्दै आएका वसन्त मसला उद्योगका सञ्चालक वसन्तराज धिक्तले स्थानीय सरकारको सहयोग नमिलेकाले समस्या भएको बताउँछन्। ‘स्थानीय सरकार आएपछि बजार व्यवस्थापनमा सहयोग होला सोचेका थियौँ,’ उनले भने, ‘त्यो भएन। अहिले बढी समस्या त मेसिन बिग्रेपछि हुन्छ।’

    जिरा, धनियाँ, बेसार, खुर्सानी, मिक्स मसाल, गरम मसाला प्रशोधन तथा प्याकेजिङ यहाँका उद्योगले गर्ने गरेको छन्। तर, यहाँका स्थानीयले स्थानीय उत्पादको शुद्धता तथा गुणस्तरबारे थाहा नहुँदा धेरैले प्रयोग गर्ने गरेका छैनन्। मूल्य बढी तिरेर पनि उनीहरुले बाहिरी कम्पनीका मसला नै प्रयोग गर्दै आएकाले आफूहरु समस्या रहेको धिक्तको भनाइ छ। 

    स्थानीय सरकार तथा उद्योगका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु भने उद्योगीहरुलाई अनुदानका कार्यक्रममा समेटिरहेको दाबी गर्छन्। घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव भण्डारीले मसला उद्योगका लागि छुट्टै बजेटको व्यवस्थान भएको बताए।

    उनले भने, ‘मसलाका लागि भने छुट्टै बजेट त छैन। उद्योगअन्र्तगत समान्य २०÷२५ हजार अनुदान दिन सक्ने गरी अहिले निवेदन माग गरेका छौँ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]