काठमाडौँ : नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उप...
काठमाडौं : तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।
जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।
डा कार्कीले हिजै मन्त्रालय पुगेर पदबाट राजीनामा दिएको बताए। उनले भने ‘ मैले हिजो नै मन्त्रालय पुगेर राजीनामाको पत्र बुझाएको छु।‘ उनको नियुक्ति मन्त्रिपरिषद् बैठकले गरेकोले राजीनामाको स्वीकृतिका लागि समेत मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाउनु पर्ने हुन्छ।
गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो। त्यसको ९ महिनापछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो।
मन्त्रालयमा आइतबारबाट नयाँ स्वास्थ्य मन्त्रीको रुपमा हृदयेश त्रिपाठी आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।