राजनीति

दुई तिहाइको हुइय्याँ‍ले ओलीले आफ्नै पार्टीको समर्थन गुमाए : प्रकाशमान सिंह

पुस १३, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका पूर्व-महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको अहमताले संविधानमाथि आक्रमण भएको बताएका छन्। संसद् विघटनविरुद्ध काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले संविधानको कू गरेको बताएका हुन्।

     ‘दुई तिहाईको हुइय्याँ चलाउने, आफ्नै पार्टीमा समर्थन जुटाउन नसक्ने । दलभित्र फेस गर्न नसक्ने, धेरै ठूला कुरा गरेर हिँड्ने?’ प्रश्न गर्दै नेता सिंहले भने, ‘ओली सरकारले संवैधानिक कु गरेको छ।’ ओली सरकार अधिनायकवादको शैलीमा अघि बढेको उनको आरोप छ।  

    नेता सिंहले ओली सरकारले जनताको अपमान गरेको बताए। पाँच वर्ष सरकार चलाउन मत दिएका जनताको मतको बेवास्ता गरी संसद विघटन गरेको भन्दै उनले संसद् पुनःस्थापनाको लागि सबैको दबाब आवश्यक रहेको बताए। उनले संविधानमाथि प्रहार भएकोले कांग्रेस चुप नबस्ने पनि बताए।

    ‘कांग्रेसले संविधानसभाबाट संविधान जारी गरेको हो। संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप बस्दैन,’ उनले भने। संघीयता, लोकतन्त्र, गणतन्त्र सबै भएको संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने उनको ठहर छ। 

    कांग्रेसले सहनशील भएर प्रतिपक्षीको भूमिका निर्वाह गरेको पनि बताए। ‘तोडफोड गरे मात्रै प्रमुख प्रतिपक्षी हुने हो? कांग्रेस विधिको शासनलाई मान्ने पार्टी हो भन्ने कुरा ओली सरकारले हेक्का राखोस्’ उनले भने। उनले भ्रष्टाचार गर्दिन, गर्नेलाई हेर्दिनँ भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए। आज कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]