राजनीति

'राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई अफगानिस्तानको हालतमा पुर्‍याउन लागे'

पुस १३, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाललाई अफगानिस्तानजस्तो बनाउन लागेको आरोप लागेका छन्।

    प्रतिनिधिसभा भंग भएपछि पुनःस्थापना गर्नुपर्छ भन्दै आएका नेता पौडेलले आज तनहुँ पुगेर यस्तो बताएका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशमाथि अपराध गरिरहेको पनि बताए। 
     
    ‘प्रधानमन्त्री र राष्ट्रपतिले यो देशमाथि अपराध गरिरहेका छन्। लोकतन्त्रमाथि प्रहार भइरहेको छ। यो मुलुकलाई अफगानिस्तानको हालत पुर्याउन लागे,  आज त्यहाँ (अफगानिस्तान) के भइरहेको छ ? के भोगेको छ त्यो राष्ट्रले,’ प्रश्न गर्दै पौडेलले भने, ‘भर्खरै हिंसा द्वन्द्व भोगेको नेपालीलाई अब बिकास गर। 

    जसरी जित्यौं, भ्रष्टाचार गरेर जे गरेर जिते पनि ए बाबा विकास गर भनेको हो। पाँच वर्ष कुनै अवरोध गर्दैनौँ। गरेर खाने कुरा त कहाँ हो कहाँ हो संविधान नै फाल्ने तिर केपी ओलीको सरकार गयो। कम्युनिष्ट सरकार गयो।’  

    उनले प्रधानमन्त्रीले संसद भंग गर्न सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई त्यो अस्वीकार गर्न भनेको पनि स्मरण गरे।  उनले अब चुनाव भएन भने के अवस्था आउँछ भन्दै प्रश्न गरे। ‘यो मुलुकलाई शक्ति केन्द्रहरुको खेलबाड अखडा बनाउने?’ प्रश्न गर्दै उनले भने, ‘यो मुलुकमा प्रतिनिधिसभा पनि नहुने, निर्वाचन पनि नहुने भयो भने। कहाँ विश्वास रह्यो। कसले देश चलाउने ? युद्धको अखडा, हिंसाको अखडा, हिंसाको ताण्डव नृत्य हुने ठाउँ भयो भने के होला ?’  

    उनले देशमा अनिष्ट हुनबाट जोगाउन सर्वाेच्च अदालतको आश रहेको बताएका छन्। ‘अनिष्टमा पुग्न नदिन सर्वाेच्च अदालत छ। अफगानिस्तान बन्न नदिन सर्वाेच्च अदालत छ,’ उनले भने, ‘सर्वाेच्चका न्यायमूर्तिहरुलाई एउटै कुरा जिकिर गर्न चाहन्छु। न्यायमूर्तिहरुले संविधान राम्रोसँग पढिदिनुस्।’  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]