काठमाडौं : कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वक...
माधव नेपाल प्रचण्डको सती गएको आरोप
सुर्खेत : नेकपाका ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपाको प्रचण्ड नेपाली समूहले पार्टी कार्यालय र चुनाव चिह्न सूर्य नपाउने दाबी गरेका छन्। नेता बस्नेतले मंगलबार सुर्खेतको ओली पक्षको भेलामा बोल्दै प्रचण्ड नेपाल समूहलाई पार्टी कार्यालय र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनीसमेत दिए।
‘चुनाव चिह्न सूर्य तपाईंको बिर्ता हैन, कमरेड हाँडी लिएर चुनावी मैदानमा उत्रिनुहोस्,’ बस्नेतले प्रचण्ड नेपाल समूहलाई लक्ष्य गर्दै भने, ‘दुई तिहाइको बहुमतप्राप्त सरकारलाई सफल बनाउन छाडेर प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गर्ने तपाईंको हैसियत हाँडी चुनाव चिह्न पाउने खालको छ, त्यही नै उत्तम विधि हो।’
उनले केपी ओलीसँग मिल्न हैन, निल्न आएकाहरु चोइटिएर गएको आरोप लगाए। ‘ओलीले मिलाउन खोज्नुभयो, प्रचण्ड–नेपालले निल्न खोज्दा आज पार्टी विभाजित भयो,’ बस्नेतले भने।
‘ओली बिरामी भएको बेला कुर्सी भाँच्ने माधव कमरेड प्रचण्डको सती जानुभएको छ, माइती घरको सडकमा बस्दा तपाईंलाई मजा आयो होला, सूर्यमाथि आँखा लगाउने तपाईंको हैसियत र औकात पुग्दैन,’ उनले भने। अन्य कुनै उपाय नलगाएर निर्वाचन हुँदैन भन्ने भ्रम प्रचण्ड–नेपाल समूहले गरिरहेका बस्नेतले आरोप लगाए।
‘नेपाली कांग्रेस चुनावको पक्षमा छ, बाहिर देखावटी प्रदर्शन गरे पनि यो उसको चुनावी सभा हो’, उनले भने, 'चुनाव हुन्छ, केपी ओलीले गर्नुभएका राम्रा कामको प्रचार गर्न आग्रह गर्दछु।’
ओली समूह नै मूलधार र संस्थापन पार्टी भएको बस्नेतको दाबी छ। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गर्ने आँट नभएपछि संसद सचिवालयमा दर्ता गरेको बस्नेतले आरोप लगाए।
कार्यक्रमअघि सुर्खेत बजारमा मोटरसाइकल र्याली गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।