समाज : सुरक्षा/अपराध

विप्लव कार्यकर्ताले लुकाएका विस्फोटक पदार्थसहित सामग्री बरामद

पुस १३, २०७७

    संखुवासभा : संखुवासभा प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेबाट नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ। प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो।

    चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो।  प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट सकेट बम ४ थान,जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो ६ र ५ वटा मोबाइलसहित ११ वटा सिम सार्वजजिक गरेको हो।

    त्यस्तै, टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारको सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

    आइतबार दिउँसो मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो। भीडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। जिल्ला सेक्रेटरी उत्तरकमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्धा फायर खोलेपछि दोहोरो भिडन्त भएको प्रहरीले बताएको छ। यद्यपि विप्लव समूहले भने यो समाचारको खण्डन गरको थियो। 

    मैदाने भौगोलिक रुपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सीमा नजिकै पर्दछ। भीडन्तका क्रममा प्रहरीले २ राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको प्रहरीले जानकारी दिएको छ।

    चन्दका कार्यकर्ताले ६ राउन्ड गोली चलाएका प्रहरीको दाबी छ। मैदाने क्षेत्रमा ३६ जना प्रहरी र १० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। दोहोरो भीडन्तपछि जंगलतिर भागेका भनिएका चन्द समूहका कार्यकर्ताको खोजी प्रहरीले तीव्र पारेको जनाएको छ। 

    मैदानेमा गत मंसिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भीडन्त भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]