समाज

मध्यराति नदीजन्य पदार्थ चोरी : चालक फरार, एक्जाभेटरसहित ४ ट्याक्टर नियन्त्रण

पुस १३, २०७७

    कपिलवस्तु : मध्यरातमा नदीजन्य पदार्थ चोरी गर्न गएका एक जनाको एक्जाभेटरसहित प्रहरीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

    इलाका प्रहरी कार्यालय गोरुसिंगेले बुद्धभूमि नगरपालिका–३ टाँकु खोलाबाट वीरेन्द्र पल्लीको रा१क ४७१ नम्बरको एक्जाभेटर नियन्त्रणमा लिएको थियो। चोरी गर्दैगर्दा प्रहरी आएपछि चालक भागेका थिए।

    चालक भागेपछि प्रहरीले बाहिरबाट चालक ल्याएर एक्जाभेटर नियन्त्रणमा लएको थियो। नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका लु३त ५२९६, लु४त ९९४, लु३त २३३१ र लु३त ८०८८ नम्बरका ट्याक्टरलाई पनि प्रहरीले खोलाबाटै नियन्त्रणमा लिएको थियो।

    नदी दोहन गरिरहेका चालक प्रहरी आउँदै गरेको सूचना पाएर भागेका गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]