समाज

ललितपुरका संस्थागत विद्यालयले यी शीर्षकमा मात्रै  शुल्क लिन पाउने

पुस १४, २०७७

    काठमाडौं : ललितपुर महानगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयले शुल्क लिन पाउने शीर्षक तोकेको छ। पछिल्लो समय विद्यालयले आफू खुशी चर्को शुल्क असुल्ने गरेपछि महानगरपालिकाले शुल्क शीर्षक तोकेको हो।

    महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पुस ९ गते बसेको ललितपुर महानगरीय शिक्षा समितिको बैठकले २०७७ मा लिने शुल्क शीर्षक तोकेको जानकारी दिए।

    उनका अनुसार अब नगरभित्रका संस्थागत विद्यालयले शैक्षिक सत्र २०७७ को सुरुको एक महिनाको शुल्क लिन नपाउने निर्णय भएको छ। विद्यालयले लिने शुल्क, खुला तथा बैकल्पिक र अनलाइन विधिबाट कक्षा सञ्चालन गरेको मिति समेतको आधारमा शैक्षिक सत्र २०७६ को शुल्कलाई आधार बनाई सो शुल्कमा नबढ्ने गरी मासिक पढाइ शुल्क मात्र लिने पाउने निर्णय भएको छ।

    ‘भौतिक रुपमा कक्षा सञ्चालन भएपछिको शुल्कको सम्बन्धमा पछि निर्णय गरी सूचना गरिने छ,’ उनले भने, ‘विद्यालयहरुले लिएको शुल्क, छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिबाट प्रभावकारी अनुगमन गरिने छ।’

    विद्यालयले अनलाईन कक्षा लगायत अन्य विषयको चर्को शुल्क असुल्न थालेपछि अभिभावकहरु अझै पनि आन्दोलित नै छन्। केही समयअघि अभिभावकले केही विद्यालयमा तोडफोड गरेका छन् भने चर्को शुल्क लिने स्कुलमा विरोध प्रदर्शन समेत गरिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]