राजनीति

सभापति देउवालाई चिनियाँ राष्ट्रपतिको निम्तो

पुस १४, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणको निम्तो दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति सीले देउवालाई निम्तो दिएका हुन्।  

    नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले सभापति देउवासँग मंगलबार उनकै निवास बुढानीलकण्ठ पुगेर राष्ट्रपति सीको सन्देश दिएको देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए।  

    ‘चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले सभापतिज्यूसँग शिष्टाचार भेट गर्नुभयो। दुई देशबीचको सम्बन्धमा कुरा भयो। उहाँहरुले कांग्रेस सरकारमा छँदा, बाहिर छँदा नेपाली कांग्रेसको धारणालाई सम्मान गर्नुभयो‚’ चिनियाँ प्रतिनिधिसँगको भेटमा देउवासँगै रहेका भट्टराईले भने, ‘उहाँले (देउवा) चाइनाको कम्युनिस्ट पार्टी १०० वर्ष पुग्न लागेकोमा राष्ट्रपतिज्यूलाई शुभकामना सन्देश दिनुभयो। सद्भाव व्यक्त गर्नुभयो।’ 

    चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले राष्ट्रपति सीले निम्तो दिएको पनि जानकारी गराए। ‘उहाँहरुले हामीले उपलक्ष्यमा कार्यक्रम गर्दैछौँ । तपाईलाई सादर निमन्त्रणा छ भनेर सि चिनफिङको निमन्त्रणा पनि हाम्रो सभापतिज्यूलाई दिनुभयो‚’ भट्टराईले भने। उनीहरुले वीपी कोइरालाले नेपाल चीनको सम्बन्धको आधार तयार पारेको भन्दै प्रशंसा गरे। 

    ‘नेपाली कांग्रेस चीनको राम्रो साथी हो। नेपाली कांग्रेसका नेता वीपी कोइरालाले नेपाल चीनको सम्बन्धको आधारशीला राख्नको लागि जुन योगदान दिनुभयो त्यो हामी प्रशंसा गर्छौँ‚’ चिनियाँ प्रतिनिधिलाई उदृत गर्दै उनले भने। भट्टराईले भेटको क्रममा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा नभएको पनि बताए।  भेटमा सभापति देउवा, भट्टराई र कांग्रेस नेता नारायण खड्का सहभागी थिए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]