काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
काठमाडाैं : प्रदेश १ मा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रको सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे हाे । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाईकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमलाको मृत्यु भएको हो ।
त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० मा भएको दुर्घटनामा पिकअप भ्यानका चालकको मृत्यु भएको छ। आज राती १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका को २ च १५८२ का चालक, केराबारी गाऊँपालिका– ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।