काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन्। उनले अनुगमनका क्रममा उप...
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ हजार एक सय ३५ पिसिआर परीक्षण गर्दा मुलुकभर थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख २१ हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ६ हजार तीन सय ९६ छन्।
७ सय ३१ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५१ हजार तीन सय १२ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ।
कुल संक्रमित २ लाख ५९ हजार पाँच सय ४८ जना छन्। बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ४० जना पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६५ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।