खेलकुद

मध्यराति एइबरसँग भिड्दै बार्सिलोना, तेस्रो स्थानमा उक्लिने अवसर

पुस १४, २०७७

    काठमााडाैं : ला लिगाअन्तर्गत तेस्रो पाँचौं स्थानको बार्सिलोना र १७ औं स्थानको एइबरबीच आज राति खेल हुँदैछ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा मध्यराति १२ बजे खेल हुँदै छ। 

    जारी सिजनका १४ खेलमा ७ खेलमा मात्र जित निकालेको बार्सिलोनाले ४ खेलमा पराजय भोगिसकेको छ। आज राति एइबरसँगको खेलमा जित निकाले ऊ तेस्रो स्थानमा उक्लिनेछ। लिगका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको बार्सिलोनाले पछिल्ला खेलमा भने सुधारोन्मुख नतिजा देखाएको छ। रक्षा र अग्रपंक्ति दुवै पोजिसनका महत्वपूर्ण खेलाडीमा चोट देखिएपछि बार्सिलोनाको खेलस्तर खस्किँदै गएको हो। 

    एइबरले भने पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन। सेभिल्लालाई १–० गोलअन्तरले हराएयता एइबरले कुनै खेल जितेको छैन। आज उसले बार्सिलोनालाई हराए १२ या १३ औं (गोलअन्तरका आधारमा) स्थानमा उक्लिनेछ। 

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]