राजनीति

कार्की बै‌क्वेटमा ओली समूहको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

पुस १५, २०७७

    काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ। 

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। दिउँसो १२ बजे बबरमहलस्थित कार्की बैँक्वेटमा सुरु हुने भेलामा राजधानीमा सुदूरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुनेछन्।  भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।  

    संसद विघटन र ओलीविरुद्ध प्रचण्ड नेपाल समूहले काठमाडौं सहित देशैभर विरोध प्रदर्शन गरेको भोलिपल्टै ओली समूहले कार्यकर्ता भेलाको आयोजना गरेको हो। कार्की बैँक्वैटमा यसअघि प्रचण्ड– नेपाल समूहले भेला र कार्यक्रम गर्दै आएका थिए।  भेलालाई सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जन संगठनहरुले आयोजना गरेका हुन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]