राजनीति

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बस्दै

पुस १५, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा–प्रचण्ड नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ। 

    बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराईले जानकारी दिए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने उनले बताए। नेकपाले हिजो देशव्यापी प्रदर्शनसँगै पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेको छ।  

    स्थायी कमिटी बैठकले तय गर्ने आन्दोलनका कार्यक्रम आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने नेता भट्टराईले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा उत्रिएका छन्।

    आजै स्थायी कमिटी बैठक अघि पेरिसडाँडामै अखिल नेपाल महिला संघको वृहत भेला आयोजना गरिएको छ। भेलालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने नेता भट्टराईले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]