काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध असन्तुष्टि जनाएका छन्।
तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गरेका हुन्।
‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ।’ उपराष्ट्रपति पुनले भनेका छन्, ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उनको भनाइ छ।
‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ।’ उनले भनेका छन्, उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।