समाज

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु

पुस १५, २०७७

    काठमाडौं : विभिन्न जिल्लामा सवारी दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ। धादिङ, मोरङ, झापा, कास्की, धनुषा र सिरहामा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

    धादिङको  थाक्रे गाउँपालिका-३ ईजारा मोडस्थित सडकमा प्रदेश ३-०१-००३ क ४४०९ नम्बरको टिपर अनियन्त्रित भई बाटोबाट करिब ८० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही ठाउँका २० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यस्तै, मोरङको केराबारी गाउँपालिका-६ बुद्धचोकस्थित सडकमा को १ त ७५११ नम्बरको रोकिरहेको ट्याक्टर आफैं गुडेर किच्दा सोही ठाउँका जितेन तामाङको ३ वर्षीय छोरा पासाङ तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।  

    त्यसैगरी, झापाको  कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको बेनेली कम्पनीको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ की ६५ वर्षीया चन्दा देवी हलवाईको मंगलबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

    यस्तै,  पोखरा महानगरपालिका-३० पावरहाउस बरालथरस्थित सडकमा ना ३ च ७३९८ नम्बरको जिपको ठक्करबाट  पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यसैगरी,  पोखरा महानगरपालिका-६ लेकसाइडस्थित सडकमा बागमती प्रदेश ०२-०१५ प ८१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-९ नयाँबजार बस्ने काठमाडौं घर भएका २५ वर्षीय सन्जिब केसीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

    त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका-९ मालटोलस्थित सडकमा ना ४ च ९३१७ नम्बरको बलेरो गाडी, बीआर ०६ जीडी ८८५९ नम्बरको ट्रक र को.१ ख २३३८ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा ट्याङकर चालक मोरङ बिराटनगर महानगरपालिका-४ का ३५ वर्षीय अर्जुनकुमार मण्डल  र ट्रक चालक भारत बिहार झखरा बस्ने २० वर्षीय रंगिला कुमारको मृत्यु भएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्करका सह-चालकलाई थप उपचारका लागि मोडेल अस्पताल लालगढ र ट्रक सहचालकलाई विराटनगर पठाइएको छ।

    त्यस्तै, सिरहा लहान नगरपालिका-१३ शिवचोकस्थित सडकमा स १ त ७८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-२४ मलहनवा बस्ने २५ वर्षीय विन्दी सदायको घटनास्थलमै मृत्यु भएको  छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]