राजनीति

प्रधानमन्त्री ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेला सुरु

पुस १५, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सुदूरपश्मिम प्रदेशका कार्यकर्ताको भेला सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो। भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विशेष संबोधन गर्ने कार्यक्रम रहेको छ। 

    कार्यक्रम सुरु हुनुअघि नै कार्यक्रमपरिसरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। साथै सुदूरपश्चिमका केहि कार्यकर्ताको सानो समुह बानेश्वर–माइतिघरबाट प्रदर्शन गर्दै कार्यक्रमस्थल पुगेको थियो। 

    यसअघि दुई दिन अघि प्रचण्ड–नेपाल समुहको नेकपाको केन्द्रिय कमिटी बैठक बसेर प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो। 

    कार्की ब्यांक्वेटमा ओली पक्षको कार्यक्रम भइरहेका बेला तत्कालिन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा प्रचड–नेपाल समूह नेकपाको उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्दै छ। उक्त बैठकपछि सो समूहले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने योजना छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]