खेलकुद

प्रधानमन्त्री कप : प्रदेश १ को लगातार दोस्रो जित

पुस १५, २०७७

    दाङ : लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार भएको पहिलो खेलले प्रदेश १ ले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जित हालिस गरेको हो। खेलमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

    टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाएकी थिइन्। त्यस्तै, निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान गरिन्। बलिङतर्फ सुदूरपश्चिमका लागि दिपा जोराले २ तथा कविता कुँवर र कविता जोशीले १-१ विकेट लिएका थिए।

    मैदानमा खराब मौसमका कारण २० ओभरबाट  १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो।

    सुरुवातदेखि खराब ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कविता जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्। टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन्। भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहँदै ९ रनको योगदान गरिन्। बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन्।

    यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १(१ विकेट हात पारेका थिए। यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो, भने सुदुरपश्चिमको यो पहिलो हार हो। सुदुरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]