काठमाडौं : केही महिनाअघि घोषणा गरिएको आइफोनद्वारा खिचिएको चलचित्र 'अ प्लेस अन्डर द सन' विदेशी एप्पल टीभी, पराइम टीभी, पीक जस्ता अम...
काठमाडाैं : छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चित रचना रिमालको स्वर रहेको 'तिमीलाई देखेपछि' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर छ भने संगीत ओम सुनारले दिएका हुन्। गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ।
यस गीतको भिडियोमा गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ गराइएको छ। त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडूको पनि भिडियोमा अभिनय छ।
गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा, नारायणघाटलगायत ठाउँमा छायांकन गरिएको हो। निर्देशक गिरिले यसअघि 'पञ्चायत', 'कोपिला'लगायत चलचित्र निर्माण गरिसकेका छन् भने 'बर्बाद' ,'आगो २' ,'पञ्चायत,' 'कोपिला'लगायत चलचित्रमा अभिनय गरिसकेका छन्।
गिरि अभिनित 'म यस्तो गीत गाउँछु–२' रिलिजको तयारीमा रहेको छ। गिरिले यसै भिडियोमार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन्। सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।