विश्व

शपथ नै लिन नपाई बिते लुजियनाका विधानसभा सदस्य

पुस १५, २०७७

    एजेन्सी : अमेरिकाको लुजियाना राज्यमा निर्वाचित विधानसभा सदस्य ल्युक लेटलो पदको शपथ लिन नपाई कोरोना संक्रमणबाट निधन भएका छन्। स्थानीय समयअनुसार मंगलबार राति उनका प्रवक्ताले मृत्युबारे जनाएका हुन्। 

    ४१ वर्षीय लेट्लोले विधानसभा सदस्यको शपथ ग्रहणसमेत गर्न लिन बाँकी भएको अवस्थामा कोरोना बिग्रिएर उनको निधन भएको जनाइएको छ। उनले रिपब्लिकन दलका तर्फबाट चुनाव जितेका थिए। उनका प्रवक्ता एन्ड्रयु वचले उनको निधन भएको पुष्टि गर्दै यस दुखद् र कठिन समयमा अन्य कैयौं निजी कुराहरु सार्वजनिक नगर्नसमेत आग्रह गरेका छन्।

    उनकी पत्नी र २ जना सन्तान हाल लुजियानामै बस्छन्। आगामी जनवरी ३ का दिन उनले शपथ लिने कार्यक्रम तय थियो। लुजियानाका गभर्नर जोन बेल एडवार्डले प्रार्थना गदै अन्तिम संस्कारमा झण्डा आधा फहराउन आदेश दिने बताएका छन्।

    गत डिसेम्बर १८ का दिन लेटलो कोभिड–१९ बाट संक्रमित भएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]