समाज : सुरक्षा/अपराध

सल्यानमा किशोरीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

पुस १६, २०७७

    सल्यान : सल्यानको शारदा नगरपालिकाका १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। 

    सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका-४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

    आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका दिए। उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए। 

    आमाबुबाको संरक्षणमा नरहेकी ती किशोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन्‌। प्रहरीका अनुसार पीडित किशोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन्। 

    आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]