काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तार...
काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले चिकित्साक्षेत्र सुधार लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीका 'जायज' माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
कुटनीतिक भाषामा ट्विट गर्दै थापाले वार्तामार्फत डा. केसीका 'जायज' माग पूरा गर्नुपर्ने बताएका हुन्। केसीका 'जायज' माग वार्तामार्फत पूरा गर्नुपर्ने बताए पनि उपप्रधानमन्त्री थापाले कुन माग जायज वा नाजायज भन्ने लेखेका छैनन्।
थापाले ट्विट गर्दै केसीको स्वास्थ्यमा राजनीति नगर्न आग्रह गरेका छन्। नवौँ दिनमा अनसन बसिरहेका डा. केसीको जीवन रक्षार्थ सरकार र त्रिविले ध्यान दिनुपर्ने उनले बताएका छन्।
डा.केसीको 'जायज' माग वार्ताबाट समाधान गर्नुपर्छ।उनको स्वास्थ्यमा राजनीति नगरौं।जीवन रक्षार्थ सरकार,त्रिवि र उनका सहकर्मीहरुले ध्यान दिनुपर्छ
— Kamal Thapa (@KTnepal) July 18, 2016
मेडिकल शिक्षा सुधारका माग राखेर यसअघि सातपटकसम्म अनसन बसेका डा. केसीले यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने नयाँ माग अघि गरेका छन्। कार्कीले मेडिकल शिक्षामा अनावश्यक हस्तक्षेप गरेको उनको आरोप छ।
सोमबार नै संसदको समाजिक तथा मानव अधिकार समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिह कार्कीलाई महाअभियोग लगाउने बाहेक अरु मागहरु पूरा गर्न सरकारलाई निर्देशन दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।