स्थानीय निर्वाचन-२०७९

विवाह भएको दुई दिनपछि बेहुला-बेहुलीमा कोरोना संक्रमण

बैशाख २६, २०७८

    संखुवासभा : मादी नगरपालिका–३ का नवविवाहित जोडीलाई कोरोना संक्रमण भएको छ। २५ वर्षीय युवक र २० वर्षीया युवती संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिए।

    उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका हुन्। ज्वरो, रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। उनीहरु पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका थिए। उनीहरुको वैशाख २३ मा वैवाहिक कार्यक्रम थियो। विवाह भएको दुई दिनपछि संक्रमण देखिएको हो।

    संक्रमित देखिएका युवा युवतीलाई चैनपुरमा रहेको आइसोलेसनमा पठाइएको नगर प्रमुख सुब्बाले जानकारी दिए। विवाह र पुराण एकै घरमा भएकाले वैवाहिक समारोहमा सहभागीलाई सचेत रहन सुब्बाले आग्रह गरेका छन्। लेले भन्ने गाउँ शिल गरेर बिहे र पुराणमा आउने सबैको पिसिआर परीक्षण गर्न टोली पठाइसकिएको छ। विवाह र पुरानमा ३०० भन्दा बढी सहभागी रहेको बताइएको छ। सङ्खुवासभा अहिलेसम्म १०० भन्दा बढी कोरोना संक्रमति भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]