काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको स...
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक फखरुद्दिन खानका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा आइतबार अविश्वास प्रस्ताव दर्ता भएको हो।
मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि पनि वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर, त्यो प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पोखरेलले १९ वैशाखको प्रदशेसभाको विशेष अधिवेशन बस्नुअघि नै राजीनामा दिएका थिए। राजीनालगत्तै बहुमतको एकल सरकार दाबी गर्दै उनकै नेतृत्वमा सरकार गठन भएको थियो।
पूर्णपाठ
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।