काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...
दाङ : दाङमा एकजनाले खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गढवा गाउँपालिका–२ का ४० वर्षीय धनीराम चौधरीले ४३ वर्षीय श्रीमती शिला चौधरीको खुँडा प्रहार गरी हत्या गरेका हुन्।
धनीरामले आइतबार बिहान खुँडा प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिए। उनका अनुसार आपसी बिबादमा धनीरामले शिलामाथि खुँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उपचारको लागि लमहीतर्फ ल्याउँदै गर्दा ११ बजेतिर उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको छ। खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।