स्वास्थ्य

खोप खरिदमा कमिसन नमिलेर अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माधव नेपालको माग

बैशाख २६, २०७८

    काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

    आइतबार एक अपिल जारी गर्दै नेपालले भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन्। कोरोनाको भ्याक्सिन जस्तो जनताको जिवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न पनि नेपालले अनुरोध गरेका छन्।

    ‘कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ। त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु।’ नेपालले अपिलमा भनेका छन्,‘देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको छ। कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गरेकाले यसबाट जनमानसमा आक्रोश बढिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।’

    अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न उनले जोडदार माग गरेका छन्। नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको रहेको उनले बताएका छन्। महामारीमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा उनले अपिलसमेत गरेका छन्। 

    यस्तो छ अपिल

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]