काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलको पक्षमा मतदान गर्नका लागि ह्विप जारी भएको छ।एमालेको मुख्य सचेतक विशाल भट्टराईले पत्र काटेर सबै सांसदहरुलाई ओलीको पक्षमा मतदान गर्नका लागि आह्वान गरेका छन्।
कोरोनाको कारणले छलफल गर्न नसकेको कारणले पत्रमार्फत् सबै सांसदहरुलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्। प्रधानमन्त्री ओलीले भोलि संसद्मा संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिदैछन्। तर, ओलीविरुद्ध पार्टीभित्र संर्घष गरिरहेका माधव कुमार नेपाल समूहले भने के गर्छ भन्नेमा अझैं अन्यौलता कायमै छ।
ओलीलाई विश्वासको मत दिनुअघि नै नेता नेपाल समूहले सामुहिक राजीनामाको तयारी गरेको थियो। राजीनामाको हल्लापछि ओलीले बिष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएपछि आजको लागि रोकिएको छ। ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामुहिक राजीनामा गर्ने निर्णय गरेको थियो।
तर, संसद् सचिवालयमा माधव समूहका सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए। दुवै पक्षले आआफ्नो कुरा राखेको भएपनि कुरा मिल्न सकेको छैन। ओलीले विश्वासको मत लिदैँगर्दा माधव समूहले के गर्छ ? भन्नेमा सबैको ध्यान केन्द्रीत भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।