स्वास्थ्य

कोरोेना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन

बैशाख २७, २०७८

    ओखलढुङ्गा : कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ। कोभिड– १९ बाट संक्रमित भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो।

    एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गर्नुभएका कार्कीले २०१८ सालमा  कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए। उनले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

    यसैबीच कार्कीको निधनप्रति ओखलढुङ्गा कांग्रेसले शोक व्यक्त गरेको छ। पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुङ्गाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ।

    कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने  कांग्रेस ओखलढुङ्गाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]