काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
काठमाडौं : पाकिस्तान क्रिकेट टोलीका कप्तान एवम् ब्याट्सम्यान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्लेयर अफ द् मन्थ चुनिएका छन्।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, पाकिस्तानका बाबर र फकार जमाम आईसीसीको प्लेयर अफ द् मन्थको मनोनयनमा परेका थिए।
आईसीसीले प्रशंसकको दश प्रतिशत मतदान र ९० प्रतिशत चयन समितिले दिएको अङ्कको आधारमा सबैभन्दा बढी अङ्क ल्याएका बाबरलाई प्लेयर अफ द् मन्थको उपाधि दिएको हो।
आईसीसी सोमबार चयन समितिको निर्णय सार्बजनिक गर्दै पाकिस्तानका बाबरलाई प्लेयर अफ द् मन्थ चुनेको हो। २६ वर्षीय बाबरले अप्रिल महिनामा तीन अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा एक शतकसहित २२८ रन बनाएका थिए। त्यसैगरी, उनले पाँच टी ट्वान्टीमा एक शतकसहित ३०५ रन बनाएका थिए। गत् अप्रिल महिनामा बाबर अन्तर्राष्ट्रिय एकदिवसीयको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिएका थिए।
नेपालका २४ वर्षीय कुशल भुर्तेलले गत् अप्रिल महिनामा आफ्नो डेब्यु प्रतियोगितामै लगातार तीन अद्र्धशतक लगाएर विश्व कीर्तिमान बनाएका थिए। उनले पाँच टी ट्वान्टी खेलबाट २७८ रन बनाएका थिए।
नेदरल्याण्ड्स, मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा उनको विष्फोटक ब्याटिङको जगमा नेपालले उपाधि हात पारेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।