स्वास्थ्य

देशभरका उद्योगबाट दैनिक कति अक्सिजन उत्पादन भइरहेको छ?

बन्द भएका चार अक्सिजन उद्योगले पाए सञ्चालन अनुमति

बैशाख २९, २०७८

    काठमाडौं : नेपालमा अहिले कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिरामीको बढ्दो चापका कारण नेपालभरका निजी तथा सरकारी अस्पतालहरूले थेग्न सकिरहेका छैनन्। 

    मुख्य त यतिखेर गम्भीर संक्रमितलाई अतिआवश्यक अक्सिजन अभाव छ। समयमा अक्सिजन आपूर्ति नहुँदा संक्रमित बिरामी छटपटाइरहेका छन्। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक जीवलाल भूषालका अनुसार देशभर २७ वटा अक्सिजन उद्योग छन्। तीमध्ये उपत्यकाभित्र ९ वटा छन् भने बाहिर १८ वटा छन्। उनले यी सबै अक्सिजन उद्योग सञ्चालनमा रहेका जानकारी दिए। 

    दैनिक २४ सय ६० क्युबिक मिटर अक्सिजन उत्पादन, तर माग उच्च

    महानिर्देशक भूषालले यी सबै उद्योगबाट दैनिक २४ सय ६० क्युबिक मिटर अक्सिजन उत्पादन हुने गरेकाे बताए। तर, अक्सिजनको माग उच्च रहेकाले यी उद्योगले थेग्न नसकेका पनि उनले बताए। 

    'कति माग र आपूर्ति भयो भन्ने यकिन छैन, उत्पादन भएका अक्सिजन बिरामीले २४ सै घण्टा पक्षले लगिरहेका हुन्छन्, कोहीले खाली सिलिण्डरमा भरेर आइसोलेसनमा प्रयोग गरेका छन्,कतिपयले त्यसै घरमा राख्ने गरेका पनि पाइएको छ।’

    उपत्यकामा दैनिक २२ हजार अक्सिजन सिलिण्डर माग

    नेपाल अक्सिजन उत्पादक संघका सदस्य प्रभात तिम्सिनाका अनुसार हाल उपत्यकामा दैनिक १८ देखि २२ हजार अक्सिजन सिलिण्डर माग हुन थालेको छ। तर, दैनिक ८ देखि ९ हजार सिलिण्डर मात्र उत्पादन हुने गरेको पनि उनले बताए। 

    ‘हामीले २४ सै घण्टा अक्सिजन उद्योग चलाइरहेका छौं, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन, सरकारले भनेजस्तै सिलिण्डर उपलब्ध गराउन सकेको छैन,’ तिम्सिनाले भने। 

    उनले आफ्नो 'सीता अक्सिजन उद्योग'ले मात्रै अहिले दैनिक सात सय अक्सिजन सिलिण्डर उत्पादन गरिरहेको सुनाए। कतिपय व्यक्तिले अक्सिजन लगेपछि सिलिण्डर नै फिर्ता नगरेकाले पनि समस्या भएको उनको भनाइ छ।

    ‘यहाँ सिलिण्डर पनि धेरै चाहिएको छ, बिरामीले लगेपछि फिर्ता गर्दैनन्, ’तिम्सिनाले भने, ‘तैपनि खोजी गरेर भरिरहेका छौं।’ सरकारले पूर्वतयारी नगर्दा अहिले यति धेरै समस्या निम्तिएको उनको बुझाइ छ। 

    'अहिले अक्सिजन अभाव भयो, सरकारकै आर्मी अस्पताल, पाटन अस्पताल, टिचिङ र वीर अस्पतालमा अक्सिजन प्लान्ट छ, तर सरकारले सञ्चालनमा ल्याउँदैन,’ उनले गुनासो गरे। 

    केके चाहिन्छ अक्सिजन उत्पादनका लागि सामग्री ? 

    उद्योग विभागका महानिर्देशक भूषालले अक्सिजन उत्पादन गर्न प्लान्ट, पानी र विद्युतको आवश्यकता पर्ने बताए। उनका अनुसार सानो आकारको अक्सिजन १० लिटर र ठूलो ४७ लिटर क्षमताको हुन्छ। सानो अक्सिजन सिलिण्डरले करिब ८ घण्टासम्म अक्सिजन दिन्छ भने, ठूलोले २४ घण्टासम्म। 

    बन्द भएका चार अक्सिजन उद्योग सञ्चालन अनुमति

    अक्सिजनको अभाव  भएपछि बुधबारबाट तीन वटा अक्सिजन उद्योग पनि सञ्चालन गर्न अनुमति दिइएको महानिर्देशक भूषालले बताए। उनका अनुसार सरकारले बुधबारबाट काठमाडौंको एभरेष्ट अक्सिजन, कैलालीको कैलाली अक्सिजन र रुपन्देहीको शंखर अक्सिजन उद्योग सञ्चालनमा ल्याएको छ।

    ‘यी उद्योगबाट पनि केही समस्यालाई भए पनि पूर्ति हुनेछ,’ उनले भने, ‘आर्मी अस्पतालमा रहेको अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउन लागिएको छ, सरकारले लिक्विड अक्सिजनको पनि व्यवस्था गर्दै छ।’ 

    सरकारले चीन सरकारबाट २० हजार खाली अक्सिजन सिलिण्डर ल्याउन प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा चार सय खाली अक्सिजन सिलिण्डर ल्याइसकेको छ। 

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]