स्थानीय निर्वाचन-२०७९

सल्यानमा थप ३ कोरोना संक्रमितको मृत्यु

बैशाख ३१, २०७८

    सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दुई जना छत्रेश्वरी गाउँपालिकाका रहेका छन् भने एक जना बागचौर नगरपालिकाका हुन्।  

    छत्रेश्वरी गाउँपालिका ६ की ७६ वर्षीया महिला, छत्रेश्वरी गाउँपालिका वडा न ७ का ५० वर्षीय पुरुष र बागचौर नगरपालिका वडा न ४ की ६३ वर्षीया महिला रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए।

    उनका अनुसार ७६ र ६३ वर्षीया महिलाको गएराति होम आइसोलेसनमा मृत्यु भएको हो भने ५० वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा उपचार क्रममा मृत्यु भएको हो। 

    तीन जनाको मृत्यु भएसँगै सल्यानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। 

    जिल्लामा हाल ५ सय २७ सक्रिय संक्रमित छन्। जसमा सल्यान जिल्ला अस्पतालमा २५, संस्थागत आइसोलेसनमा ९ र होम आइसोलेसनमा ४ सय ९३ जना रहेका छन्।

    आज शुक्रबार १७ जना कोरोना संक्रमित थपिँदा २१ जना भने डिस्चार्ज भएका सूचना अधिकारी डिसीले बताए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]