स्वास्थ्य

हेटौंडामा एन्टिजेन किट अभाव

जेठ १, २०७८

    हेटौंडा : हेटौंडामा एन्टिजेन परीक्षण किट अभाव भएको छ। अस्पतालमा आकस्मिक शल्यक्रिया वा तत्काल उपचार गर्नुपर्ने अन्य रोगका बिरामीको कोरोना संक्रमण रहे÷नरहेको पहिचान गर्न एन्टिजेन विधिको प्रयोग गरिन्छ।

    हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन भोला चौलागार्इंले शनिबारदेखि एन्टिजेन परीक्षण किट अभाव भएको बताए। गम्भीर अवस्थामा रहेका बिरामी, गर्भवती वा अन्य बिरामीको तत्काल अपरेसन तथा उपचार गर्नु परे उनीहरुमा कोरोना छ छैन छिटो पत्ता लगाउन एन्टिजेन किटको प्रयोग गर्दै आएको उनले बताए।

    ‘यस विधिले गर्दा पनि धेरैलाई समयमा उपचार पाउन सहज  भइरहेको थियो,’ उनले भने, ‘अब किट सकिएसँगै सबै बिरामीले पिसिआर गर्नु पर्दा उपचारमा ढिलाइ हुनसक्छ। पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट आउन समय लाग्छ।’

    स्वास्थ्य कार्यालय मकवानपुरसँग पटक पटक किट माग गर्दा पनि हालसम्म उपलब्ध  नभएको उनको भनाइ छ। चौलागाईंका अनुसार हाल हेटौंडामा दैनिक २० जनाको हाराहारीमा एन्टिजेन विधिबाट कोरोना परीक्षण हुँदै  आएको छ। हेटौंडा–२ मा रहेको स्वास्थ्य केन्द्रबाट एन्टिजेन परीक्षण हुने गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]