स्वास्थ्य

बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

जेठ १, २०७८

    म्याग्दी : बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन आएपछि अक्सिजन आपूर्तिमा सहज भएको छ। आवश्यक अक्सिजन उत्पादनपछि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको हो।

    अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्था गरिएको बताए। ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइसोलेसन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौं। सिलिण्डर पनि तयारी अवस्थामा छन्।’

    बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छवटा साना अक्सिजनका सिलिण्डर छन्। अस्पतालले घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अपिल गरेको छ ।

    प्रहरीले बेनीको बजार क्षेत्रका ग्यारेज र उद्योगबाट संकलन गरेका २२ थान सिलिन्डर अस्पताललाई बुझाएको छ। कोभिड–१९ को संक्रमणबाट म्याग्दी जिल्लामा बिरामीको चाप बढेकाले उपचारको क्रममा अति आवश्यक अक्सिजन  सिलिण्डरको अभाव हुन नदिन बजार क्षेत्रबाट सिलिण्डर संकलन गरेको डिएसपी श्यामकुमार राईले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]