स्वास्थ्य

व्यास नगरपालिकामा ५० शैयाको आइसोलेशन केन्द्र तयार

जेठ १, २०७८

    तनहुँ : व्यास नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि साविक कृषि विकास बैंकमा सामुदायिक आइसोलेशन तयार पारेको छ। नगरपालिकाले दमौली स्थित उक्त भवनमा ५० शैयाको आइसोलेशन केन्द्र तयार गरेको हो।

    पछिल्लो समय जोखिम बढ्दै गएकाले कोभिड संक्रमितको सहजताका लागि कृषि विकास बैंकको भवनमा अक्सिजन र भेन्टिलेटर सहितको आइसोलेसन तयार पारिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

    आइसोलेशन तयार भएपछि संक्रमितको उपचारमा सहज हुने उनले बताए। आइसोलेशनको अभावले जटिल अवस्था र विपन्न वर्गका संक्रमितलाई राहत पुग्ने न्यौपानेले बताए। नगरपालिकामा ३९ जना संक्रमित छन्। संक्रमण बढ्दै जाँदा अझै संक्रमित थपिन सक्ने सम्भाव्यता रहेकोले सचेतता अपनाएको नगरपालिकाले जनाएको छ। 

    आइसोलेशनलाई स्वास्थ्य सामग्री

    गोर्खा वेलफेयर ट्रष्ट पोखराले दमौली अस्पताल र व्यास नगरपालिकाको आइसोलेसनलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। ट्रस्टले शनिबार अस्पताल र आइसोलेसनमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

    विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गोर्खा वेल्फेयर ट्रस्ट नेपाल÷ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरिएको ट्रष्ट पोखराका निर्देशक दिपक श्रेष्ठले बताए।

    ट्रस्टले पिपिई, मास्क, सेनीटाइजर, फेससिल्ड, मेडिकल गन, गमबुट, थर्मलगन लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ। श्रेष्ठका अनुसार एक लाख ३८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई प्रदान गरिएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]