समाज

संस्थागत आइसोलेसन नहुँदा घरमै बस्छन् जुम्लाका कोरोना संक्रमित

जेठ २, २०७८

    जुम्ला : कोरोनाका संक्रमित बढ्दै गए पनि जुम्लामा संस्थागत आइसोलेसन छैन। जसका कारण संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य छन्।

    होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा संक्रमण फैलिन सम्भावना रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। संक्रमितहरु एक ठाउँबाट अर्काे ठाउँमा जाने गरेको स्थानीयको गुनासो छ।

    आठ स्थानीय तह रहेको जुम्लाको चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी संक्रमित छन्। यहाँ ६७ जना संक्रमित छन्। नगरपालिकामा क्षेत्रमा संस्थागत आइसोलेन नभएकाले सबै संक्रमित होम आइसोलेसन छन्। 

    यस्तै, पातारासीमा ३२, गुठीचौरमा २६, तातोपानीमा पाँच, तिलामा ११, हिमा दुई, सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३८ जना गरी जिल्लाभर २२४ जना संक्रमित रहेका छन्।

    शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले आठवटै स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। तर, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकाले आइसोलेसन कक्षा नबनाउने बताइन्। चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ भनेर बजेट नदिने गरेको र अहिले कसरी आइसोलेसन कक्षा बनाउने भन्दै उनले आक्रोश पोखिन्। 

    ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि हामी जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित छौँ, उनले भनिन्, ‘होम आइसोलेसनमा बसेका संक्रमितलाई पोषणयुक्त आहारा वितरण गरेका छौँ।’

    कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक पठाउने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए। स्थानीय तहमा चिकित्सकलाई बस्ने वातावरण स्थानीय सरकारले नै व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]