काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
नेपालगन्ज : अन्नको भण्डार मानिने बाँके र बर्दिया जिल्लामा यसबर्ष छिटै रोपाई सकिने भएको छ। समयमा बर्षा भएका कारण बर्दियाको अधिकांश खेतहरुमा रोपाई सकिएको छ भने बाँकेमा समेत ७६ प्रतिशत रोपाई सकिएको छ। गत बर्ष साउनको पहिलो हप्तासम्म ४० प्रतिशत धान रोपाई भएको थिएन।
जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख परशुराम रावतका अनुसार बर्दियामा ९४ प्रतिशत रोपाई भइसकेको छ। बर्दियाको राजापुर, सूर्यपटुवा, ढोढरी लगायतका क्षेत्रमा रोपाई सकिएको प्रमुख रावतले जानकारी दिए।
‘सिचाई सुविधा भएको अधिकांश स्थानमा रोपाई सकिसकेको छ’ प्रमुख रावतले भने। सदरमुकाम गुलरिया आसपासको क्षेत्र, मोहमदपुर लगायत केही क्षेत्रमा मात्रै रोपाई बाँकी रहेको उनले जानकारी दिए। बर्दियामा ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।
यता, बाँकेमा यस बर्ष साउन १५ अघि नै रोपाई सकिने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ। कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धनबहादुर पुनले साउनको दोस्रो साता अघि नै रोपाई सकिने बताए। उनले भने, ‘साउन १५ अघि नै सकिएला जस्तो छ यो सालको रोपाई।’
प्रसार अधिकृत पुनले विगतका बर्षमा भदौ १५ सम्म रोपाई हुने गरेको बताए। उनले चिसापानी, नौवस्ता, कुसुम, कचनापुर, महादेवपुरी, सीतापुर, राधापुर बागेश्वरी, बैजापुर, विनौना, फत्तेपुर लगायतका क्षेत्रमा शत प्रतिशत धान रोपाई सकिएको बताए। उदयपुर, मटेहिया, नरैनापुर, कटकुइँया, कालाफाँटा लगायतका क्षेत्रमा भने ५० प्रतिशतको हाराहारीमा मात्रै रोपाई भएको छ। बाँकेमा ३६ हजार ५ सय हेक्टर क्षेत्रमा धानबाली हुने गरेको छ।
कृषि क्षेत्रका विज्ञहरु यसवर्ष समयमा बर्षा भएकोले उत्पादन बढ्ने अनुमान गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।