समाज : सुरक्षा/अपराध

रंगेलीमा घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला

जेठ ५, २०७८

    विराटनगर : मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो। 

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

    डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको एपसी खड्काले बताए। प्रारम्भिक अनुसन्धानमा युवतीको घाँटी रेटेर हत्या गरेपछि शव नहरा फ्याँकिएको पाइएको खड्काले बताए।

    ‘अहिले जिल्ला प्रहरी कार्याल र इलाका प्रहरी कार्यालय रंगेलीका टोली परिचालन भएर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ।’
     
    प्रहरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]