विश्व

उत्तर कोरियाले गर्‍यो ३ मिसाइलको परीक्षण

Photo : AFP
साउन ४, २०७३

    उत्तर कोरियाले तीन वटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। 

    उत्तर कोरियाले परीक्षण गरेको ब्यालेष्टिक मिसाइलले ५ सय देखी ६ सय किलोमिटर सम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ। अमेरिकाले उत्तर कोरियाले परीक्षण गरेका यी मिसाइलहरुमध्ये २ छोटो दूरीका र एक मध्यम दूरीको रहेको बताएको छ। 

    अमेरिका र दक्षिण कोरियाले एन्टी मिसाइल सिस्टम, टर्मिनल हाई एल्टीट्युड एरिया डिफेन्स(थाड) जडान गर्ने निर्णय गरेपछि उत्तर कोरियाले ती मिसाइल परीक्षण गरेको हो। केही महिनादेखि उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिरहेका कारण अमेरिका र दक्षिण कोरियाले प्रतिरक्षा प्रणाली जडान गर्ने निर्णय गरेका थिए। 

    विज्ञहरूका अनुसार उत्तर कोरियाली शासक किम जोंग-उनले आफ्नो मिसाइल क्यापाबिलिटी बढाउन चाहन्छन्। क्यालिफोर्नियाको इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजको सीनियर रिसर्च एसोसियट मेलीसा हेनहमका अनुसार उत्तर कोरियाले यसरी लगातार मिसाइल परीक्षण गर्नुलाई प्राधिविक रूपमा भन्दा पनि राजनीतिक रूपमा आफूलाई बलियो बनाउनु हो। 

    उनले भनेकी छन्, 'बितेका महिनाहरूमा उत्तर कोरियाले जति पनि मिसाइल परीक्षण गरेको छ, यसबाट यही लाग्छ कि ऊ आफ्नो विरोधीहरूलाई आफ्नो क्षमता देखाउन चाहन्छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]