काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ। भारतको नयाँ दिल्लीबाट...
दाङ : तुलसीपुरमा अक्सिजन प्लान्ट निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्नेक्रम बढेको छ। कोरोना महामारीको समयमा सामाजिक उत्तरदायित्व पुरा गर्दै तुलसीपुर घर भई हाल अमेरिका बस्दै आएका नौ जनाले सामूहिकरुपमा एक लाख २८ हजार सहयोग गरेका छन्।
कोरोना महामारीसँग जुध्न हातेमालो गर्दै उनीहरुले उपमहानगरले स्थापना गरेको ‘कोभिड विपद् कोष’ मा उक्त सहयोग पठाएका हुन्।
तुलसीपुर ६ निवासी सूर्य प्रकाश योगी खिम डाँगी, विनय धिताल, कृष्ण रेउले, खुम चलाउने, वसन्त अधिकारी, तुलसीपुर–९ निवासी रवीन्द्र पुरी, तुलसीपुर–१८ निवासी सन्तोष बहकरी, तुलसीपुर–१९ निवासी तुलसीराम वली र अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका बरिष्ठ उपाध्यक्ष तुलसीपुर–५ निवासी देवराज वलीले अक्सिजन प्लान्ट निर्माणका लागि सामूहिकरुपमा एक लाख २८ हजार सहयोग गरेका हुन्।
अक्सिजन प्लान्ट व्यवस्थापक तुलसीपुर उद्योग वाणिज्य सघंका पूर्वअध्यक्ष सामाजिक अभियान्ता बिमल रिजालले उक्त कुराको जानकारी दिए। त्यस्तै, तुलसीपुर ६ रजौरा निवासी हाल भर्जिनिया, अमेरिकामा बस्दै आएका ईश्वर आचार्यले पनि अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख १ हजार चार सय ४७ रुपैयाँ सहयोग गरेका छन्।
महामारीमा आफ्नै ठाउँमा स्थापना हुन लागेको अक्सिजन प्लान्टलाई केही सानो सहयोग होस् र भविश्यमा कोरोनाको विरामीलाई यो प्लान्टले धेरै नै राहत दिने विश्वास गरेर सहयोग गरेको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।